फ्रेञ्च लीग वान फूटबलमा पीएसजीको लगातार चौंथो जित
१४ भदौ २०७८ काठमाडौं । फ्रेञ्च लीग वान फूटबलमा पेरिस सेन्ट जर्मेन, पीएसजीले लगातार चौथो जित निकालेको छ ।
आफ्नो पछिल्लो खेलमा पीएसजीले राइम्सलाई २–० ले हराएको हो । पीएसजीको जितमा दुबै गोल केलियन एमबाप्पेले गरे । उनले १६औं र ६३औं मिनेटमा गोल गरेका थिए ।
एमबाप्पेका लागि पीएसजीको यो अन्तिम खेल पनि हुन सक्छ । भोलिसम्म स्थानान्तरणको समयसीमा अघि रियल मड्रिडले उनलाई भित्र्याउने प्रयासमा छ ।
चौथो जितसँगै पीएसजी १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । यस्तै पीएसजीकातर्फबाट लियोनल मेस्सीले डेब्यु गरेका छन् ।
उनी ३० नम्बरको जर्सी लगाएर ६६औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मेस्सी वैकल्पिक खेलाडीको रुपमा नेयमारको स्थानमा मैदान प्रवेश गरेका थिए ।
लीग वानकै अन्य खेलमा मोनाकोले ट्रायेसलाई २–१, एञ्जर्सले रेनेसलाई २–०, स्टार्सवर्गले ब्रेष्टलाई ३–१ र लिलले मोन्टेपिलरलाई २-१ ले हराए ।
प्रतिक्रिया