समाज

पाल्पा अस्पतालमा यसरी जडान हुँदै अक्सिजन प्लान्ट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १४ गते ७:०५
पाल्पा अस्पतालमा यसरी जडान हुँदै अक्सिजन प्लान्ट (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७८ पाल्पा । पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य भइरहेको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते प्लान्टका लागि एक करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नभए पनि अस्पतालले उधारोमा नै अक्सिजन प्लान्ट जडान गरिरहेको हो ।

तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख तथा आईसीयू र भेन्टिलेटरका लागि ३ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट सुनिश्चित भएपछि ठेक्का लागेको थियो । अक्सिजन प्लान्ट राख्ने ठाउँ नहुँदा समय लागेको थियो ।

अर्थमन्त्रालयबाट सुनिश्चित गरिएको रकम नआए पनि अक्सिजन प्लान्ट राख्ने भवन निर्माण कार्य पूरा भएको छ । अक्सिजन उत्पादन गर्ने मेसिन पनि उधारोमा किनेर सञ्चालन गर्न लागिएको हो ।

पाल्पामा निशेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । कोरोना महामारीको तेसो लहर आएमा अक्सिजनको अभाव हुन नदिन प्लान्ट निर्माणको काम भइरहेको छ । अक्सिजन प्लान्ट जडानका निम्ति चाहिने विद्युत लगायतका अन्य साम्रागीहरु प्राप्त भएमा एक हप्तामै अक्सिजन उत्पादन कार्य सुरु हुनेछ ।

कोरोनो दोश्रो लहरको बेलामा पाल्पामा अक्सिजन अभाव भएको थियो । त्यतिबेला अक्सिजन खोज्न बुटवल तथा चितवनसम्म जानुपर्ने बाध्यता थियो । अक्सिजन अभावमा बिरामीलाई सास्ती थियो ।

पहुँच भएकाहरुले मात्र असिक्जन प्राप्त गरे पनि पहुँच नभएका बिरामीहरु अक्सिजनको अभावमा ज्यान गुमाएका थिए । पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन पर्ने छैन ।

केन्द्रबाट बजेट गएर पनि धेरै ठाउँमा काम नहुने गरेको छ । तर पाल्पा अस्पतालमा भने बजेट नै नआउँदै काम शुरु भएर पूरा नै हुन लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *