खेलकूद
ला लिगामा रियल मड्रिडको दोस्रो जित
२०७८ भदौ १३ गते ८:४५
१३ भदौ २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिडले दोस्रो जित निकालेको छ ।
प्रतियोगिता अन्तर्गत गएराति मड्रिडले रियल बेटिसमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
मड्रिडका लागि ६१औं मिनेटमा डानी कार्भाजलले निर्णायक गोल गरे । उनले करिम बेञ्जिमाको पासलाई गोलमा परिणत गरेका थिए ।
जितपछि तीन खेलबाट सात अंक जोड्दै मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
ला लिगाकै अन्य खेलमा एथ्लेटिको बिल्बाओले सेल्टा भिगोलाई अनि रियल सोसिडाडले लेभान्टेलाई १–० ले हराए । त्यस्तै सेभिया र इल्ची १–१ को बराबरीमा रोकिए ।
प्रतिक्रिया