प्रिमियर लीगमा म्यानचेष्टर सिटी, एभर्टन र लेष्टर सिटी विजयी

१३ भदौ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलको पछिल्लो खेलमा म्यानचेष्टर सिटी, एभर्टन र लेष्टर सिटी विजयी भएका छन् ।
साविक विजेता सिटीले दोस्रो जित निकाल्ने क्रममा आर्सनलमाथि ५–० को शानदार निकाल्यो । घरेलु मैदानमा सिटीको जितमा फेरान टोरेसले दुई गोल गर्दा कप्तान इल्के गुण्डोगान, गेब्रियल जिसस र रोड्रीले एक(एक गोल गरे ।
३५ औं मिनेटमा ग्रानित जाकाले रातो कार्ड पाएका थिए । यस्तै एभर्टनले ब्राइटनलाई २–० ले हरायो । अवे मैदानमा एभर्टनका लागि ४१औं मिनेटमा डिमाराई ग्रेले ५८औं मिनेटमा डोमिनिक कालभर्ट लेविनले गोल गरे ।
उता लेष्टर सिटीले नर्विच सिटीलाई २–१ ले पराजित गर्यो । अवे मैदानमा लेष्टरले ८औं मिनेटमा जेमी भर्डीको गोलसँगै अग्रता लिएको थियो । तर ४४औं मिनेटमा नर्विचका पुक्कीले गोल गर्दै खेल १–१ को अवस्थामा ल्याए ।
त्यसपछि ७६औं मिनेटमा अल्ब्राइटनले गोल गर्दै लेष्टरलाई २–१ को जित दिलाए ।
प्रिमियर लीग अन्तर्गत नै अन्य खेलमा न्यूक्यासल युनाइटेड र साउथह्याम्टन तथा वेष्टह्याम युनाइटेड र क्रिष्टल प्यालेसले २–२ को बराबरी खेल्दा लिभरपुल र चेल्सी तथा एष्टन भिल्ला ब्रेन्टफोर्ड १(१ को बराबरीमा रोकिए ।
प्रतिक्रिया