विदेश

अमेरिकामा भएको आतंकवादी आक्रमणमा लादेनको संलग्नता नरहेको तालिबानको दाबी

हिमालय टिभी
२०७८ भदौ १३ गते ७:५७
अमेरिकामा भएको आतंकवादी आक्रमणमा लादेनको संलग्नता नरहेको तालिबानको दाबी

१३ भदौ २०७८ काबुल । अमेरिकामा ११ सेप्टेम्बर २ हजार १ मा भएको आतंकवादी हमलामा अलकायदा प्रमुख ओसामा बिन लादेन संलग्न नभएको तालिबान समूहले दाबी गरेको छ ।

सेप्टेम्बर एघारको हमलामा लादेन संलग्न भएको कुनै प्रमाण नभएको तालिबानले जनाएको हो ।

अफगानिस्तानमा आफ्नो अघिल्लो शासनका क्रममा केही वर्षसम्म लादेनलाई सुरक्षित वासस्थान उपलब्ध गराएको तालिबानले उक्त आक्रमणपछि लादेनलाई अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेको थियो ।

तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले एनबीसी समाचारलाई दिएको एक अन्तरवार्तामा लादेन अमेरिकीहरूका लागि मुद्दा बनेको र त्यसबेला उनी अफगानिस्तानमा रहेको बताए ।

सन् २ हजार १ मा लादेनको मुख्य योजनामा वर्ल्ड ट्रेड सेन्टरका टावर र पेन्टागनमा आक्रमणपछि राष्ट्रपति जर्ज डब्लु बुसले तालिबान समूहसँग लादेनलाई हस्तान्तरण गर्न आग्रह गरेका थिए । त्यसपछि अमेरिकाले अफगानिस्तानमा हवाई हमलाको अभियान थालेको छ ।

लादेन २ हजार ११ मा पाकिस्तानको अबोटाबादमा अमेरिकी नौसैनिक सिलद्वारा परिचालन गरेको सैन्य अभियानका क्रममा मारिएका थिए ।

अब फेरि तालिबान सत्तामा आएपछि अफगानिस्तानको भूमि आतंककारी उत्पादन केन्द्र बन्ने चेतावनी केही सैन्यविद्हरूले दिएका छन् ।

गत वर्ष कतारको दोहामा अमेरिका र तालिबानबीचको सम्झौतामा पनि तालिबानले अल कायदासँगको सम्बन्धलाई तोड्ने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *