समाज

पाथीभरा देवी दर्शन गर्नेको बढ्यो चहलपहल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १३ गते ७:०७
पाथीभरा देवी दर्शन गर्नेको बढ्यो चहलपहल (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७८ ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा देवीको दर्शन गर्नेको चहलपहल बढेको छ । कोरोना महामारीको दोश्रो लहर शुरु भएपछि पाथीभराको दर्शन गर्न रोकिएको थियो । पछिल्लो दिनमा पाथीभराको दर्शन गर्न जानेको संख्या भने बढ्दै गएको छ ।

पाथीभरा देवी क्षेत्र विकास समितिले औपचारिक रुपमा दर्शनका लागि खुल्ला नगरे पनि पूर्वका विभिन्न जिल्ला तथा काठमाण्डौँबाट पनि ताप्लेजुङको पाथीभरा दर्शनका लागि आउने क्रम बढेको छ । १२ महिनै दशनार्थी आउने पाथीभरामा कोरोनाको दोश्रो लहर चलेपछि चलहलपल थिएन । अहिले दर्शनार्थीको चाप बिस्तारै बढ्दै गएको छ ।

भदौको दोश्रो साता झरी नरोकिए पनि दर्शनार्थीहरु उकालो ओरालो गरिरहेका छन । विश्‍वास आस्था एवं अलौकिक शक्तिकी प्रतीक पाथीभराको अनेकन महिमाले गर्दा दशनार्थी दुख गरेर पुग्छन् ।

पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माणका काम पनि भइरहेका छन् । उकालोमा दशनार्थीका सजिलोका लागि बस्ने ठाँउ बनाइएको छ । पाथीभरा देवी परिसरमा खानेपानी पुर्‍याउनका लागि काम भइरहेका छन् । मन्दिर परिसरमा विभिन्न संरचना बन्दै छन् ।

कोराना भाइरसको संक्रमण सकिएको छैन् । पाथीभारा क्षेत्रमा दशनार्थीको संख्या बढे पनि यहाँका होटलमा आवश्यक स्वास्थ्य सावधानी अपनाएको देखिँदैन । यसतर्फ समयमै सचेत रहनु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *