समाज

वर्षौदेखि अलपत्र कान्ति ताललाई पर्यटकीय स्थल बनाउने तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १३ गते ७:०१
वर्षौदेखि अलपत्र कान्ति ताललाई पर्यटकीय स्थल बनाउने तयारी (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७८ नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले वर्षौदेखि अलपत्र अवस्थामा रहेको कान्ति ताल पुनःनिर्माण गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्न थालेको छ । अहिले ताल वरिपरि संरचना निर्माण भइरहेको छ ।

करिब २५ बिघा क्षेत्रफलमा फैलिएको बाँकेको कान्ति ताल पुन निर्माण गरी वरीपरी ७ मिटर चौडा पक्कि सडक, ढल निकास, पर्खाल जस्ता संरचना बनाइएको छ । हरियाली प्रवर्धन गर्न तालको वरिपरि विभिन्न प्रजातीका विरुवा रोपिएको छ ।

तालमा पानी सुक्न नदिन सिक्टा सिचाईको नहरबाट पानी भर्ने र डिप बोरिङबाट तान्ने व्यवस्था मिलाइएको छ । ताल क्षेत्रमा भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

ताल क्षेत्र चिटिक्क परेपछि स्थानीय बासिन्दा पनि दंग छन् । किनकी अहिले बाँकेको पुरैनी क्षेत्रमा पर्यटनसंगै व्यापारिक गतिबिधि पनि बढ्न थालेको छ ।

वर्षौदेखि अलपत्र अवस्थामा रहेको ताललाई करिब १० करोड लागतमा पुन निर्माण गरेर आकर्षक गन्तव्य स्थल बनाउन लागिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगञ्ज पश्चिम नेपालकै प्रमुख व्यापारिक शहर हो । कान्ति तालले यो शहरलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *