खेलकूद

क्रिष्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडमा फर्कने पक्का

हिमालय टिभी
२०७८ भदौ १२ गते ७:३६
क्रिष्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडमा फर्कने पक्का

१२ भदौं २०७८ काठमाडौं । क्रिष्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा फर्कने पक्का भएको छ ।

युनाइटेडले रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा इटालियन क्लब युभेन्ट्ससँग सहमती भइसकेको जनाएको हो । ३६ वर्षीय रोनाल्डोका लागि युनाइटेडले १२ दशमलव ८ मिलियन पाउण्ड तिर्ने भएको हो ।

सम्झौताका लागि व्यक्तिगत शर्तहरु, भिसा तथा मेडिलकको कामहरु भइरहेको पनि जनाइएको छ । क्लबको विज्ञप्तीमार्फत सबै जना रोनाल्डोलाई स्वागत गर्नका लागि उत्सुक रहेको युनाइटेडले आधिकारिक रुपमा लेखेको छ ।

युनाइटेडले रोनाल्डोसँग दुई वर्षको सम्झौता गर्ने बताइएको छ । स्वास्थ्य परीक्षणपछि उनी औपचारिकरूपमा १३ वर्षपछि क्लबमा आबद्ध हुनेछन् । पाँच पटक बालोन डी ओर विजेता रोनाल्डोले अहिलेसम्म ३० भन्दा धेरै प्रमुख ट्रफी जितेका छन् ।

सन् २ हजार ९ मा रियल मड्रिड जानु अघि रोनाल्डोले युनाइटेडका लागि २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए।

रोनाल्डोले युनाइटेडमा ६ सिजन बिताएका थिए । त्यसबेला युनाइटेडले तीन प्रिमियर लीग, एक च्याम्पियन्स लीग, दुई लीग कप र एक एफ ए कप जितेको थियो ।

त्यस्तै उनले युनाइटेडलाई फिफा क्लब विश्वकपदेखि कम्युनिटी सिल्ड समेत जिताएमन थिए । सर एलेक्स फर्गुसनको नेतृत्वमा रोनाल्डोले त्यसबेला उत्कृष्ट प्रर्दशन गरेका थिए ।

यसअघि उनले पूर्व क्लब फर्कने कुनै सम्भावना नरहेको बताएका थिए । तर युनाईटेडले अन्तिममा रोनाल्डोलाई क्लब फर्काउन सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्