समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : जग्गा अधिग्रहण प्रक्रिया अन्तिम चरणमा (भिडियो

हिमालय टिभी
२०७८ भदौ ११ गते २०:५३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : जग्गा अधिग्रहण प्रक्रिया अन्तिम चरणमा (भिडियो

११ भदौ २०७८ पोखरा । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आयोजनाले तीन हजार नौ सय रोपनी जग्गा अधिग्रहणको अनुमति पाएको थियो । अब २० रोपनी जग्गा अधिग्रहण गर्न मात्रै बाँकी छ । जग्गा लिँदा आयोजनाले ४ अर्ब भन्दा बढी रकम मुआब्जा तिरेको छ ।

पोखरामा विमानस्थल बनाउन २०३२ सालदेखि जग्गा अधिग्रहण हुँदै आएको छ । विमानस्थलका लागि सरकारले पहिलोपटक २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

२०७१–७२ साल पछि थप जग्गा अधिकरण गरि कुल ३ हजार ९ सय रोपनी जग्गा अयोजनाको लागि अधिग्रहण भएको छ । ३ हजार ९ सय रोपनी मध्ये २० रोपनी जग्गा अधिग्रहणको प्रकृयामा छ । तीन–चार महिनामा यो अधिग्रहणको काम पनि सक्ने आयोजनाको तयारी छ ।

आयोजनाले जग्गा अधिग्रहण वापत अहिलेसम्म ४ अर्ब २२ करोड रुपैयाँ मुअब्जा वितरण गरेको जनाएको छ । स्थानीयबासिन्दाका ८५ वटा घर–टहरा सहितको जग्गा अधिकरण भएको छ ।

चाइना एक्जिम ब्यांकको ऋण सहुलियतमा झण्डै २२ अर्बर रुपैयाँको लगानीमा विमानस्थल बनिरहेको छ । जुलाई २०१७ देखि शुरू भएको विमानस्थलको काम चिनियाँ कम्पनी ‘चाइना सीएमसीए इन्जिनियरिङ’ ले गरिरहेको छ ।

सन् २०२१ मा सक्ने गरी सम्भौता भए पनि कोरोना महामारिको असरले तोकिएको समयमा आयोजनाको ८३ प्रतिशत मात्र काम सकियो । अब आयोजनाको म्याद एक वर्ष थपिएको छ । निर्माणको एक वर्ष समय थप भए पनि कुनै अवरोध नभए ६ महिनामा टेष्ट फ्लाइट गर्न सकिने आयोजनाले दावी गरेको छ ।

पोखरा महानगरपालिकाको डम्पिङसाइड र रिठ्ठेपानी डाँडा आयोजनाको लागि मुख्य चुनौती छ । पोखरा महानगरपालिकाको डम्पिङ साइड हटाउनु पर्ने छ भने डाँडा पनि ४० मिटर कटान गर्नुपर्ने छ ।

अब ९ प्रतिशत इक्युपमेन्ट र ८ प्रतिशत सिभिल वर्कको काम बाँकी छ । इक्युपमेनट चाइना र अमेरिकाबाट आउने र जडान हुने क्रममा रहेको आयोजनाले जनाएको छ । सिभिलतर्फ रंगरोगन, विद्युत वेयरिङ र डेकोरेसनको काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *