डुडुवा खोलाले कटान गरेपछि कधैपुरुवा गाउँका १० परिवार विस्थापित (भिडियो रिपोर्टसहित)
२०७८ भदौ ११ गते १९:०४

११ भदौ २०७८ बाँके । डुडुवा खोलाको कटानका कारण बाँकेको होलियास्थित कधैपुरुवा गाउँका १० परिवार विस्थापित भएका छन ।
डुडुवा खोलाको बाढीले स्थानीय सुन्दर लोनिया र उहाँका आफन्तको ६ वटा घर बगाएको छ । अन्य ४ घर पनि जोखिममा परेका छन् ।
डुडुवा खोलाले होलिया क्षेत्रमा करिब एक दर्जन ठाउँमा कटान गरिसकेको छ । खोलाबाट कटान भएका बस्तीलाई सुरक्षित गराउन विशेष कार्यक्रम ल्याउन स्थानीय जन प्रतिनिधिले माग गरेका छन् ।
गाउँपालिकाले आफुसँग भएको बजेटबाट बाँस र बोरा राखेर तटबन्ध बनाए पनि त्यसले रोक्न नसकेपछि खोला बस्तीमा पसेको हो ।
प्रतिक्रिया