खेलकूद

नेपालसँग मैत्रीपूर्ण फूटबल खेल्न भारतीय टोली घोषणा

हिमालय टिभी
२०७८ भदौ ११ गते १८:२७
नेपालसँग मैत्रीपूर्ण फूटबल खेल्न भारतीय टोली घोषणा

११ भदौ २०७८ काठमाडौं । नेपालसित अर्को साता हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोलीको घोषणा भएको छ ।

कप्तान सुनिल क्षेत्रीसहित भारतले २५ सदस्यीय बलियो टोलीको घोषणा गरेको हो । नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ । ६ वर्षपछि दुई टोलीबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २०१५ मा विश्व कप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । भारतमा भएको छनोटको पहिलो लेगमा भने नेपाल २–० ले पराजित भएको थियो ।

दुवै टोली साफ च्याम्पियनसिपको तयारीमा छन् । मैत्रीपूर्ण खेलपछि नेपाली टोली अन्तिम तयारीका लागि कतार जानेछ । असोज १५ गते देखि साफ च्याम्पियनसिप माल्दिभ्समा सुरु हुनेछ ।

जहाँ भारतले पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले माल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्