समाज

ग्रामीण होस् कि शहरी क्षेत्र, सडकमा सर्वसाधारणलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ११ गते १६:३४
ग्रामीण होस् कि शहरी क्षेत्र, सडकमा सर्वसाधारणलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

११ भदौ २०७८ पाल्पा । पाल्पाका ग्रामीण तथा शहरी क्षेत्रका सडक विस्तार गर्दा पानी निकास गर्न नालीको उचित व्यवस्थापन नहुँदा बर्खामा यातायात संचालनमा समस्या हुने गरेको छ ।

पुराना तथा नयाँ सडकको स्तरोन्नति भए पनि नाली तथा कालोपत्रे भएको छैन । सडकका बीच बीचमा पानी जमेर खाल्डा खुल्डी बनेका छन् ।

पाल्पाको बगनासकाली गाउँपालिकाको नायर चौपारी, बगनास, चिलादी, हुँदै तानसेनसम्म नियमित सवारीसाधन सञ्चालन हुने सडक हो यो । तर अहिले वर्षाको पानीले सडक बिगारेपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन ।

बगनास र नायर चौपारी बीच भागमा रहेको मैदानथोकको उकालोमा सवारीसाधनहरु चढन नसक्दा अन्यत्रको सडक प्रयोग गर्न बाध्य भएका छन् । गाउँपालिकामा पटक पटक भनिए पनि काम हुन नसक्दा सडकको हातल दुवस्था छ ।

सवारीसाधन गुड्ने सडक पानीको भल नै बगेर भत्किएको छ । रातो माटोमा पानी बगेपछि गाडी उकालो चढन नसकेर तलतिरै चिप्लिने समस्या हुन्छ । कतिपय सवारीसाधन उकालो चढन नसकेपछि बिग्रेर थन्किएका छन् ।

यातायातका साधन उकालो चढन नसकेर पल्टिएका पनि छन् । गाउँलेहरुले त्यस्ता सवारीसाधन धकलेर गन्तव्यसम्म पठाउन सहयोग गर्दै आएका छन् । कहिले कहीँ त एउटा सवारी साधान तान्न अर्को सवारी साधन खोज्नु पर्ने स्थिति छ ।

यसपालिका वर्षा बढी मात्रा भएकाले अवरुद्ध भएका सडकलाई बगनासकाली गाउँपालिकाभित्रका नियमित रुपमा सञ्चालन गर्न प्राविधिक पठाउने काम भएको छ । प्राविधिको राय अनुसार बजेटको व्यवस्था गरी सडक सञ्चालन गर्दै आएका छौं । वर्षा हटेपछि गाउँपालिकाभित्रका सबै सडकको काम नियमित रुपमा हुने र नागरिकलाई सहज हुनेछ ।

पाल्पाका स्थानीय तहले सडक विस्तार र स्तरोन्ति गरेपनि सडकको सुरक्षाको निम्ति नाली, कालोपत्रे तथा पहिरो रोक्न पर्खालका काम हुन सकेको छैन । जसका कारण वर्षेनी वर्षायामसँगै यात्रु तथा सवारीसाधनले सडककै कारण समस्या झेल्नुपर्ने रोग अन्त्य नहुँदा नागरिकहरु भने सधैको सडकै समस्याले ग्रसित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *