खेलकूद

त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

हिमालय टिभी
२०७८ भदौ १० गते ७:५२
त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

१० भदौ २०७८ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लीग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ ।

खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग आउँदो भदौ २८ गते खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग आउँदो २९ गते खेल्ने छ । नेपालले तेस्रो खेलमा अमेरिकासँग असोज १ गते खेल्ने छ भने अन्तिम खेल ओमानसँग असोज ३ गते खेल्नेछ ।

प्रतियोगिताका लागि १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टिम ओमान पुगिसकेका छन् । श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग दुई एक दिवसीय खेल खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्