खेलकूद

लीग कप फूटबल (इएफएल) मा एभर्टन, नर्विच सिटी र एष्टन भिल्ला विजयी

हिमालय टिभी
२०७८ भदौ ९ गते ७:५५
लीग कप फूटबल (इएफएल) मा एभर्टन, नर्विच सिटी र एष्टन भिल्ला विजयी

९ भदौ २०७८ काठमाडौं । लीग कप फुटबल (इएफएल) मा एभर्टन, नर्विच सिटी र एष्टन भिल्ला विजयी भएका छन् ।

इएफएल अन्तर्गत गएराति एभर्टनले हडर्सफिल्ड टाउनलाई २–१ ले पराजित गरेको हो । अवे मैदानमा एभर्टनले २६ औं मिनेटमा इवोबीको गोलबाट अग्रता लियो ।

तर ४५ औं मिनेटमा लीसले हडर्सफिल्डका लागि बराबरी गोल फर्काए ।

उता ५९ औं मिनेटमा केन रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एभर्टन १० खेलाडीमा सीमित भयो । त्यसपछि ७९ औं मिनेटमा टाउनसेण्डले एभर्टनका लागि विजयी गोल ।

गएराति नै सम्पन्न अन्य खेलमा नर्विचले बर्नमाउथलाई ६–०, एष्टन भिल्लाले बारोलाई ६–०, स्वान्सीले प्लाइमाउथलाई ४–१, सण्डरल्याण्डले ब्ल्याकपुललाई ३–२, लिड्सले क्रिवेलाई ३–०, प्रेष्टनले मोरक्याम्बीलाई ४–२, शेफिल्ड युनाइटेडले डर्बीलाई २–१ तथा स्टोकले डनकाष्टरलाई २० ले पराजित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्