विदेश

तालिबानले अब अफगान नागरिकलाई काबुल विमानस्थलमा प्रवेश नदिने

हिमालय टिभी
२०७८ भदौ ९ गते ७:४७
तालिबानले अब अफगान नागरिकलाई काबुल विमानस्थलमा प्रवेश नदिने

९ भदौ २०७८ काबुल । अफगान नागरिकलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने तालिबानले जनाएको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनीहरु अब घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताए ।

तर उनले अमेरिकाले मानिसलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप लगाए । अफगानहरूलाई देश छाड्न नउक्साउन उनले अमेरिकालाई आग्रह पनि गरे ।

अमेरिकी साझेदारहरूले अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा यही अगष्ट ३१ अगावै बाहिरिन चाहने सबै अफगान नागरिकको उद्धार गर्न नसकिने बताएको केही घण्टापछि तालिबान प्रवक्ताको यस्तो भनाइ आएको हो ।

अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार जनाभन्दा बढी मानिस बाहिरिएको बताइएको छ । तीमध्ये अधिकांश विदेशी सेनासँग काम गरेका अफगान नागरिक छन् ।

त्यस्तै उनले विदेशी दूतावासहरूलाई सुरक्षा सुनिश्चित गरिएको बताउँदै त्यो बन्द वा छाड्ने काम नगर्न आग्रह गरे ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यहाँ रहने समयसीमा बढाउन आएको दबाबका बावजूद तोकिएकै समयसीभित्र काम सम्पन्न गर्ने गरी काम भइरहेको बताएका थिए । ९ दिनको अवधिमा झण्डै ७१ हजारको उद्धार गरिएको उनले जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *