खेलकूद

प्रिमियर लीगमा वेष्ट ह्याम युनाइटेडको दोस्रो जित

हिमालय टिभी
२०७८ भदौ ८ गते ८:०५
प्रिमियर लीगमा वेष्ट ह्याम युनाइटेडको दोस्रो जित

८ भदौ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा वेष्ट ह्याम युनाइटेडले लगातार दोस्रो जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा वेष्ट ह्यामले लेष्टर सिटीलाई ४–१ ले हराएको हो । घरेलु मैदानमा वेष्ट ह्यामले २६औं मिनेटमा पाब्लो फर्नाल्सको गोलबाट अग्रता लियो ।

४० औं मिनेटमा आयोजे पेरेजले रेड कार्ड पाएपछि लेष्टर १० खेलाडीमा सीमित भयो । त्यसपछि ५६औं मिनेटमा सेड बेनरहमाले वेष्ट ह्यामको अग्रता दोब्बर पारे ।

तर ६९ औं मिनेटमा लेष्टरका योरी टिलेम्यान्सले गोल गरेपछि खेल २१ को को स्थितीमा पुग्यो । तर त्यसपछि वेष्ट ह्यामका मिचेल एन्टोनीओले ८०औं र ८४औं मिनेटमा गरी दुई गोल थपेका थिए ।

जितसँगै २ खेलबाट ६ अंक जोड्दै वेष्ट ह्याम तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्