आर्थिक

कोरोनाले धरासायी पर्यटन क्षेत्र उकास्न दाङमा फन पार्क सञ्चालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ७ गते १४:३९
कोरोनाले धरासायी पर्यटन क्षेत्र उकास्न दाङमा फन पार्क सञ्चालन (भिडियो रिपोर्टसहित)

७ भदौ २०७८ दाङ । कोरोना महामारीका कारण पर्यटन क्षेत्र धरासायी बनिरहेको छ । देशभर सबैजसो पर्यटकीय गतिविधि बन्द छन् । तर दाङका केही व्यवसायीहरुले भने जिल्लामा फन पार्क सञ्चालनमा ल्याएका छन् ।

झण्डै २० करोडको लगानीमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० मा फन पार्क सञ्चालनमा ल्याइएको हो । साविकको राप्ती अञ्चलको केन्द्र दाङमा जनघन्त्व बढ्दै जाँदा बालबालिकासहित सपरिवार घुम्न जाने गन्तव्यका रुपमा दाङ फन पार्क सञ्चालन गरिएको छ ।

निर्माण शुरु भएदेखि नै कोरोना महामारीको चपेटामा परेको फन पार्क पूर्णरुपमा तयार नहुँदै सञ्चालनमा आएको छ ।

फनपार्कमा गेष्ट रुम, पार्टी प्यालेस, रेष्टुरेण्ट, इन्डोर गेम, लाइज जिम, व्याडमिन्टन कोर्ट, बाल उद्यान, वाटर पार्क, स्वीमिङ पुललगायतको व्यवस्था छ ।

निर्माणकै क्रममा रहेको फनपार्कमा कोरोनाका कारण सामग्रीको मूल्यवृद्धि भएकाले लागत बढ्ने देखिएको छ ।

फन पार्क ११ जनाको संयुक्त लगानीमा ३ बिघा ५ कठ्ठा क्षेत्रमा निर्माण गरिएको हो । फन पार्क सञ्चालनमा आएपछि ५० जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *