खेलकूद
ला लिगामा एट्लेटिको मड्रिड र रियल सोसिडाड विजयी
२०७८ भदौ ७ गते ७:५७
७ भदौ २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड र रियल सोसिडाड विजयी भएका छन् ।
एट्लेटिकोले इल्चेमाथि १–० को जित निकाल्यो । घरेलु मैदानमा एट्लेटिकोको जितमा एञ्जल कोरेयाले गरेको गोल नै निर्णाय बन्यो ।
उनले ३९ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्न सफल भए । यससँगै लगातार दुई खेल जितेको एट्लेटिको शीर्ष स्थानमा पुगेको छ ।
उता अर्को खेलमा रियल सोसिडाडले रायो भालेकानोलाई १–० ले हरायो । उसका लागि ६८औं मिनेटमा मिकेल उगार्टेले पेनाल्टी गोल गरे ।
त्यस्तै अर्को खेलमा रियल मड्रिड र लेभान्टेले ३३ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया