समाज
कोरोनाले सीमा नाका बन्द, मेची पुलमा बसेर यसरी बाँधे राखी (भिडियो रिपोर्टसहित)
२०७८ भदौ ६ गते २०:५५
६ भदौ २०७८ झापा । झापास्थित नेपाल–भारत सीमा वारिपारि बस्ने दाजुबहिनीले सुरक्षाकर्मीको समन्वयमा राखी बाँधेका छन् ।
गत वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा सीमा नाका बन्द थिए । जसका कारण सीमा वारिपारि बस्ने दाजुबहिनीले राखीको खुसियाली मनाउन पाएनन् । यसपटक भने भद्रपुरमा रहेको नेपाल–भारत जोड्ने मेची पुलमा नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीले राखीका लागि समन्वय गरिदिए ।
यसपटक सुरक्षाकर्मीले सामाजिक दूरी कायम गरेर राखी बाँध्न समन्वय गरिदिएपछि एकअर्कालाई भेट्न र राखी बाँध्न आएका दाजुबहिनी निकै खुसी भएर फर्किएका छन् ।
राखी बाँधिसकेपछि प्रहरीले नाका पुनः बन्द गरेको छ ।
प्रतिक्रिया