काबुल विमानस्थलमा भएको भागदौडमा सात जनाको मृत्यु

६ भदौ २०६८ काबुल । तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छोड्नेहरुको भागदौडमा सात जनाको मृत्यु भएको छ ।
अफगानिस्तान छोड्न चाहनेहरुको भीडका कारण पछिल्लो पटक कम्तिमा सात जना अफगानी नागरिक मारिएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।
अहिले काबुलस्थित हमित कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ४५ सय अमेरिकी र नौ सय बेलायती सेना तैनाथ गरिएका छन् । यसका बाबजुत तालिबानले अफगानी नागरिकलाई देश छोड्न रोकिरहेको छ ।
अमेरिकाका अनुसार अहिलेसम्म १७ हजार मानिसले काबुल छोडेका छन् । जसमा २५ सय अमेरिकी नागरिक छन् ।
अफगानिस्तानमा करिब ६० हजारको संख्यामा विदेशी नागरिक रहेका कारण अगष्ट ३१ मा सेना फिर्ता गराउन नसकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
उनले यति छोटो समयमा सबै विदेशीलाई फर्काउन नसकिने भएका कारण केही संख्यामा सेना रहने बताए ।
प्रतिक्रिया