समाज

तानसेनमा बालबालिका लक्षित पोषण राहत वितरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ६ गते १६:४९
तानसेनमा बालबालिका लक्षित पोषण राहत वितरण (भिडियो रिपोर्टसहित)

६ भदौ २०६८ पाल्पा । पाल्पाको तानसेन नगरपालिकाका बालबालिकालाई लक्षित गर्दै पोषण राहत वितरण गरेको छ । कोरोना महामारीको समयमा आवश्यक पौष्टिक खानेकुराबाट बञ्चित बालबालिकालाई लक्षित गरेर यो कार्यक्रम शुरु गरिएको हो ।

विभिन्न संघसंस्थासँगको साझेदारीमा तानसेन नगरपालिकामा विपन्न परिवारका बालबालिकालाई पोषणयुक्त खानेकुरासहितको राहत वितरण गरिएको हो। बलियो नेपाल, पोषण अभियानको सहयोगमा तानसेना नगरपालिकाले ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाका लागि माल्टोजिन र लिटो वितरण गर्न थालेको हो ।

स्थानीय सरकारको समन्वयमा बालबालिकाका लागि पोषणयुक्त खानेकुरा वितरण गरिएपछि अभिभावकहरु खुसी छन् ।

कोरोना महामारीको समयमा स्थानीय तहहरु आफैले बालबालिकालाई प्राथमिकतामा राखेर कुनै कार्यक्रम सञ्चालन गर्नेतर्फ ध्यान नदिइरहेका बेला बलियो नेपाल संस्थाले पोषणयुक्त कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम सञ्चालनपछि मात्रै स्थानीय तहहरुले महामारीबाट बालबालिकासमेत धेरै प्रभावित भएका रहेछन् भन्ने जानकारी पाएका छन् ।

कोरोना महामारीमा संक्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिए पनि बालबालिकाको पोषण जस्ता कुरामा धेरै चासो दिइएको पाइँदैन ।

निश्चित उमेर समूहका बालबालिकालाई आवश्यक पौष्टिक आहार पर्याप्त मात्रामा उपलब्ध नहुँदा त्यसले पार्ने दीर्घकालीन असरतर्फ स्थानीय तहहरुले पनि समयमै सोचविचार गरेर आवश्यक कदम चाल्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *