खेलकूद

इटालियन सिरी एमा इन्टर मिलानको विजयी शुरुवात

हिमालय टिभी
२०७८ भदौ ६ गते ८:५७
इटालियन सिरी एमा इन्टर मिलानको विजयी शुरुवात

६ भदौ २०७८ काठमाडौं । साविक विजेता इन्टर मिलानले इटालियन सिरी ए फूटबलमा विजयी शुरुवात गरेको छ ।

सिजनको पहिलो खेलमा मिलानले जिनोआलाई ४–० गोलले गरेको हो । घरेलु मैदानमा मिलानको जितमा मिलान स्क्रिनियर, हाकान कलआनोग्लु, अर्टुरो भिडाल र इडीन डेज्कोले गोल गरे ।

मिलानले छैठौं, कलआनोग्लुले १४औं, भिडालले ७४औं र डेज्कोले ८७औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै मिलान शीर्ष स्थानमा छ । सिरी ए कै अन्य खेलमा सासुओ, लाजियो र एटलान्टा विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्