खेलकूद

बार्सिलोना उक्लियो ला लिगा फूटबलको शीर्ष स्थानमा

हिमालय टिभी
२०७८ भदौ ६ गते ८:४५
बार्सिलोना उक्लियो ला लिगा फूटबलको शीर्ष स्थानमा

६ भदौ २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

ला लिगा अन्तर्गत गएराति एथ्लेटिक बिल्बाओसँग १-१ को बराबरी खेलेपनि बार्सिलोना शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा एथ्लेटिकले ५०औं मिनेटमा इनिगो मार्टिनेजको गोलसँगै अग्रता लियो ।

तर ७५औं मिनेटमा बार्सिलोनाका मेम्फिस डिपेले गोल गर्दै खेल १–१ को बराबरी गरेका थिए । अन्तिम समयको इञ्जुरी समयमा बार्सिलोनाका इरिक गार्सियाले रेड कार्ड पाए । बराबरीपछि बार्सिलोनाले २ खेलबाट ४ अंक जोडेको छ ।

बार्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई ४–२ ले पराजित गरेको थियो । ला लिगामा गएराति नै मालोर्काले अलाभेसलाई १–० ले हराउँदा भ्यालेन्सिया र ग्रानाडा एक(एक तथा भिल्ला रियाल र स्पानुयल गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्