खेलकूद

यूईएफए च्याम्पियन्स लीग फूटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

हिमालय टिभी
२०७८ भदौ ४ गते ८:१६
यूईएफए च्याम्पियन्स लीग फूटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

४ भदौ २०७८ काठमाडौं । यूईएफए च्याम्पियन्स लीग फूटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ ।

युरोपको २०२०र२१ सिजनको उत्कृष्ट खेलाडीको मनोनयनमा पुरुषतर्फ अन्तिम तीन मनोनयनमा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने, चेल्सीका एनगोलो कान्टे र जोर्जिन्हो रहेका छन्।

युईएफएले अगस्ट २६ मा टर्कीको इस्तानबुलमा आयोजना हुने अवार्ड समारोहमा विजेताको घोषणा गर्ने जनाएको छ।

युइएफएको वर्ष खेलाडीको चौथो नम्बरमा लियोनेल मेसी, पाँचौ नम्बरमा रोबेर्ट लेवानडोस्की, छैटौ नम्बरमा गियानलुइगी डोन्नारुम्मा, सातौ नम्बर किलियन एम्बाप्पे, आठौ नम्बरमा रहीम स्टरलिङ, नवौं नम्बरमा क्रिस्टियानो रोनाल्डो र दशौ नम्बरमा एर्लिंग हल्याण्ड रहेका छन्।

युइएफएले युरो कपमा खेलेका २४ देशका कोच, च्याम्पियन्स लिग खेलेका ३२ टिम र युरोपा लिग खेलेका ४८ टिमका गरि कुल ८० कोचले मत दिने छन् ।

यस्तै युरोपियन स्पोर्ट्स मिडियाले छनौट गरेका ५५ खेल पत्रकार र युईएफ़एका सदस्य देशहरुले मतदान गरेर विजेता छनौट गर्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्