विदेश

तालिबान पूर्व सरकारका सहयोगीहरुको खोजीमा

हिमालय टिभी
२०७८ भदौ ४ गते ८:००
तालिबान पूर्व सरकारका सहयोगीहरुको खोजीमा

४ भदौ २०७८ काबुल । अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको राष्ट्रसंघले दाबी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले तयार पारेको दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याउन थालेको दाबी गरिएको छ ।

कट्टरपन्थी इस्लामवादी समूहले शक्ति हातमा लिएपछि अफगानहरूलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो। तर अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको प्रतिवेदनमा उल्लेख छ ।

तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका ूसहयोगीहरूूलाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएच आईपीटीओ ९रिप्टो० नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको गोप्य दस्तावेजमा उल्लेख छ ।

२० वर्षअघि अमेरिकी नेतृत्वको फौजले तालिवानलाई सत्ताच्यूत गराइदिएको थियो। पहिले शक्तिमा रहँदा तालिबानले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने र महिलाहरूलाई पढ्न तथा काम गर्न नदिनेजस्ता गतिविधि गरेको थियो।

तर यसपटक इस्लामिक कानुन अन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने तालिवानले बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *