आर्थिक
अनलाइन बजार दराजको मल फेस्टिबल शुरु
२०७८ भदौ २ गते १९:०१
२ भदौ २०७८ काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आज देखि दराज मल फेस्टिभल शुरु गरेको छ।
फेस्टिभलका क्रममा उपभोक्ताले एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्डमार्फत अनलाइन प्री–पेमेन्टमा १५ प्रतिशत छुट लगायतका सुविधा पाउने छन् ।
यस्तै बम्पर उपहारमा शाओमी एम आई इलाभेन फोन पाउने छन् । यस्तै उपभोक्ताले निःशुल्क डेलिभरीका साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको दराजले जनाएको छ ।
दराज मलमा सोनी, सामसुङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न लगायतका ३ सय भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड उपलब्ध छन्।
प्रतिक्रिया