समाज

बागलुङमा निषेधाज्ञा उल्लंघन गर्नेमाथि सडकमै यस्तो कारबाही (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २ गते १५:१२
बागलुङमा निषेधाज्ञा उल्लंघन गर्नेमाथि सडकमै यस्तो कारबाही (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ बागलुङ । बाग्लुङ बजारमा निषेधाज्ञा उल्लंघन गर्नेलाई सडकमै कारबाही गर्न थालिएको छ ।

निषेधाज्ञा उल्लंघन गर्दै हिंड्डुल गर्नेलाई प्रहरीले कारवाही गर्न थालेको हो । बाग्लुङ बजारको लोकतान्त्रिक चोक, उपल्लाचौर र बांगेचौरमा लगायतका स्थानमा यसरी घुम्न बाहिर निस्किएकालाई होल्ड गरेर राख्ने गरिएको छ । अत्यावश्यक काम नपरी घुम्न निस्कनेलाई कारवाही गरेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण बढेसँगै बाग्लुङमा गत साउन २८ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ ।

निषेधाज्ञा उल्लंघन गरे नियमानुसार जरिवाना समेत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *