नौबिसे–नागढुङगा सडकखण्ड पहिरोका कारण अवरूद्ध
२०७८ भदौ २ गते ९:२१

२ भदौ २०७८ धादिङ। त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङगा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।
पहिरोका कारण सिस्नेखोला र खत्रीपैवाबीचको भागमा सडकमाथिबाट पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने प्रहरीले बताएको छ । पहिरोमा फसेको ना २ ख ८३५३ नम्बरको ट्रक त्यहाँबाट निकालिएको छ ।
त्यस्तै नागढुङ्गा– सिस्नेखोला सुरुङमार्गले सडक विस्तार गर्ने क्रममा कटिङ गर्दा पहिरोको जोखिम भएको स्थानीयले बताएका छन्। पहिरोका कारण केही समय अगाडी त्यहाँका स्थानीय विस्थापित समेत भएका थिए ।
प्रतिक्रिया