आर्थिक

टिभिएसको नयाँ अपाचे वन सिक्स्टी टु भी बाइक सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १ गते १९:००
टिभिएसको नयाँ अपाचे वन सिक्स्टी टु भी बाइक सार्वजनिक  (भिडियो रिपोर्टसहित)

१ भदौ २०७८ काठमाडौं । जगदम्बा मोटर्स टिभिएसले काठमाडौंको सानो भर्‍याङ्गमा रहेको सोरूम मार्फत अपाचे वन सिक्स्टी टु भी बाइक सार्वजनिक गरेको छ ।

विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी टिभिएस मोटर कम्पनीले ‘अपाचे वन सिक्स्टी टु भी’ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।

अपाचे वन सिक्स्टी टु भीको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करण भन्दा भिन्न र फरक डिजाइनको रहेको छ । यसैगरी यसको पछाडि नयाँ फराकिलो टायर राखिएको छ ।

जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ । यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन्। यसको मूल्य भने दुई लाख ६९ हजार रुपैयाँ तोकिएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *