दोस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्डमाथि भारतको शानदार जित
![दोस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्डमाथि भारतको शानदार जित](https://www.himalayatv.com/wp-content/uploads/2021/08/cricket-india.jpg)
१ भदौ २०७८ इंग्ल्याण्ड । भारतले दोस्रो टेष्ट क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डमाथि १ सय ५१ रनको शानदार जित निकालेको छ ।
अन्तिम दिन २ सय ७२ रनको लक्ष्यसहित मैदान ओर्लेको इंग्ल्याण्ड १ सय २० रनमा अलआउट भएको थियो । उसका लागि कप्तान जोय रुटले ३३ तथा जोश बट्लरले २५ रन बनाए ।
इंग्ल्याण्डलाई कम रनमै समेट्न भारतका मोहम्मद सिराजले ४ तथा जसप्रित बुमराहले ३ विकेट लिए ।
यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली भारतले पहिलो इनिङमा ३ सय ६४ रन बनाएको थियो ।
इंग्ल्याण्डले भने पहिलो इनिङमा ३ सय ९१ रन जोडेको थियो । त्यसपछि भारतले दोस्रो इनिङ २ सय ९८ रनमा समाप्तिको घोषणा गरेपछि इंग्ल्याण्डले २ सय ७२ रनको लक्ष्य पाएको थियो ।
जितसँगै भारतले पाँच खेलको श्रृंखलामा १० को अग्रता बनाएको छ । पहिलो टेष्ट वर्षाका कारण बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया