कला/मनोरञ्जन
द भ्वाइस अफ नेपाल सिजन–३ का विजेता गजमेरलाई राष्ट्रपति भण्डारीको बधाई (भिडियो रिपोर्टसहित)
२०७८ साउन ३२ गते १८:५८

३२ साउन २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले द भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता किरण गजमेरलाई बधाई दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले गजमेरलाई राष्ट्रपति भवनमा बोलाएर बधाई तथा शुभकामना दिनुभएको हो । राष्ट्रपतिलाई भेट्न र उहाँको शुभकामना पाउँदा आफूलाई खुसी लागेको गजमेरले बताउनुभयो ।
हिमालय टेलिभिजनको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन थ्रीमा विजेता बनेका गजमेरलाई विभिन्न संघसंस्था र सुभेच्छुकले बधाई र शुभकामना दिइरहेका छन् ।
झापामा जन्मेका भूटानी शरणार्थी परिवारका किरण अमेरिकामा बस्दै आउनुभएको छ ।
प्रतिक्रिया