समाज

शारीरिक मानसिक पारीवारिक समस्यामा परेकालाई आश्रय दिने मानव सेवा आश्रम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३२ गते १८:५१
शारीरिक मानसिक पारीवारिक समस्यामा परेकालाई आश्रय दिने मानव सेवा आश्रम (भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरमा गत चैतदेखि मानव सेवा आश्रम सञ्चालनमा आएको छ । शारीरिक मानसिक पारिवारिक समस्यामा परेकाले आश्रममा स्थान पाएका छन् ।

बेसहारा जेष्ठ नागरिक जयसरा भन्डारी, परिवारले साथ छोडेपछि भावबिह्वल बन्दै । दाङको तुलसिपुरमा संचालन भएको आश्रममा अहिले २ जना सुत्केरीसहित २२ जना शारीरिक मानसिक पारिवारिक समस्याका कारणबाट पीडित जेष्ठ नागरिक छन । सडकमा बेसहारा भएर जीवन बिताइ रहेकाले साहार पाएपछि निकै खुशी देखिन्छन् ।

यो मानव सेवा आश्रमले देशमा विभिन्न ठाउँमा सेवा दिँदै आएको छ । यो संस्थामा लागेर सेवा गर्नेहरू निस्वार्थ रुपमा लागेका छन् । पोखराका प्रकाश गौतमलाई बुटवलबाट संस्थाले उद्धार गरेको थियो । तर, अहिले उहाँले नयाँ जीवन पाएपछि आश्रममा सेवा गर्दै आउनु भएको छ ।

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा गर्ने लक्ष्यका साथ देशका विभिन्न ठाउँहरूमा बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन ब्यक्तिहरूलाई सेवा आश्रमले हेरचाह गर्दै आइरहेको छ ।

मानव सेवा आश्रमले गरेको काममा सघाउन सरकारलाई स्थानीयबासिन्दाले आग्रह गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *