खेलकूद
ला लिगामा बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडको विजयी शुरुवात
२०७८ साउन ३२ गते ७:२९

३२ साउन २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडले विजयी शुरुवात गरेका छन् ।
झण्डै दुई दशकपछि लियोनल मेस्सीबिना रहेको बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ गोलको जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनाले १९औं मिनेटमा जेरार्ड पिक्यूको गोलबाट अग्रता लियो ।
त्यसपछि मार्टिन ब्रेथवेटले पहिलो हाफको इञ्जुरी समय र ५९औं मिनेटमा गरेर दुई गोल गरेपछि बार्सिलोनाले खेलमा ३–० को अग्रता बनायो ।
रियल सोसिडाडका लागि ८२औं मिनेटमा जुलेन लोबेटे र ८५औं मिनेटमा मिकेल ओएरजाबेलले गोल थपे ।
त्यस्तै इञ्जुरी समयमा सर्जियो रोबर्टोले गोल गरेपछि बार्सिलोना समग्रमा ४–२ ले विजयी भयो । ला लिगाकै अन्य खेलमा सेभियनले रायो भालेकानोलाई ३–० र एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २१ ले हराए ।
प्रतिक्रिया