खेलकूद
इंग्लिस प्रिमियर लीगमा साविक विजेता म्यानचेष्टर सिटी पहिलो खेलमै पराजित
२०७८ साउन ३२ गते ७:२२

३२ साउन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता म्यानचेष्टर सिटी पहिलो खेलमै पराजित भएको छ ।
गएराति सम्पन्न सिजनको आफ्नो पहिलो खेलमा सिटी टोटेनह्यामसँग १–० ले पराजित भएको हो ।
घरेलु मैदानमा टोटेनह्यामको जितमा ह्युङ मिन सनको गोल नै निर्णायक बन्यो । उनले ५५ औं मिनेटमा स्टिभन वर्गविनको पासमा गोल गरेका थिए ।
प्रिमियर लीगकै अर्को खेलमा वेष्टह्याम युनाइटेडले न्यूक्यासल युनाइटेडमाथि ४२ को जित निकाल्यो ।
प्रतिक्रिया