मछिन्द्र क्लबले पनि फूटबल एकेडेमी सञ्चालन गर्ने
३१ साउन २०७८ काठमाडौं । घरेलु फूटबलको शीर्ष श्रेणीको ए डिभिजन लीग च्याम्पियन मछिन्द्र क्लबले पनि फूटबल एकेडेमी सञ्चालन गर्ने भएको छ ।
क्लबले एकेडेमी संचालनका लागि आज पिस पोइन्ट बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ । सम्झौतासँग अब मछिन्द्र पिस पोइन्ट युथ फूटबल एकेडेमीका नाममा क्लबले एकेडेमी संचालन गर्नेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज मछिन्द्रका अध्यक्ष सुनिल कपाली र पिस पोइन्ट स्कुलका प्रिन्सिपल इशु गुरुङले ६ वर्षका लागि दुई पक्षिय सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
एन्फाको तर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंहले सम्झौतामा हस्ताक्षर गरेका छन् । यससँगै मछिन्द्र एकेडेमी संचालन गर्ने आठौं क्लब बनेको छ ।
यसअघि ३ विभागीय क्लब बाहेक संकटा क्लब, सातदोबाटो युथ क्लब, न्युरोड टिम एनआरटी र मनाङ मस्र्याङ्दी क्लबले एकेडेमी संचालनका लागि सम्झौता गरिसकेका छन् ।सम्झौताको पहिलो वर्ष क्लब र स्कुलले समान ७(७ खेलाडी एकेडेमीमा राख्ने छन् ।
जसले क्लबमा प्रशिक्षण र स्कुलमा अध्ययनमा छात्रवृत्ति पाउने छन् । त्यस्तै, दोस्रो वर्ष क्लबले थप ७ जनालाई एकेडेमीमा समावेश गर्नेछ । एसियन फुटबल महासंघ एएफसीले क्लब लाईसेन्सका लागि युथ एकेडेमी अनिवार्य गरेसँगै क्लबहरु एकेडेमी संचालन प्रक्रियामा रहेका छन् ।
प्रतिक्रिया