समाज

टिकटक जोन बन्यो ‘मधौलीया वन उद्यान पार्क’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३१ गते १६:२५
टिकटक जोन बन्यो ‘मधौलीया वन उद्यान पार्क’ (भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ कपिलवस्तु । पर्या–पर्यटकीय वनको रुपमा बिकास गर्ने उद्देश्यले निर्माण गर्न थालिएको कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर–५ को मधौलीस्थित मधौलीया वन उद्यान पार्क पछिल्लो समय टिकटक जोनको रुपमा चर्चित हुँदै गएको छ । यो पार्कमा पछिल्लो समय दैनिक जसो सयौंको संख्यामा युवायुवती पुग्ने गरेका छन् ।

पूर्व पश्चिम राजमार्गको बुङ्गचीबाट एक किलोमिटर दक्षिणमा ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ मधौलीया वन उद्यान पार्क । पार्क भित्र रुद्राक्ष, रक्तचन्दन, कपुर तथा २ सय बढि प्रजातीका फूलका बिरुवा रोपिएको छ ।

बाघ, डाँफे, खरायो, मयुर आकृतिका पशुपन्छीको मुर्ति राखेर पार्कलाई आकर्षक बनाईएको छ । पार्कमा ईन्द्रैणी रंङ्गको रिङ्ग छ । जहाँ टिकटक बनाउन युवाहरु
झुम्मिने गरेका छन ।

दुई बर्ष अघि निर्माण शुरु गरिएको पार्कमा हाल सम्म १ करोड रुपैयाँ खर्च भएको छ । २०७६ साल यता डिभिजन वन कार्यालय कपिलवस्तुले १५ लाख, वडा नम्बर–५ को वडा कार्यालयले गत आर्थिक बर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमको ७ लाख र सामुदायिक वनले ७० लाख रुपैयाँ हाराहारीमा पार्कमा लगानी गरेका छन् ।

पछिल्लो समय टिकटक बनाउने सथलको रुपमा बिकास भएको पार्क क्षेत्रको वनलाई पर्यापर्यटकीय तथा जैविक वनको रुपमा बिकास गरि जन्तु संरक्षण केन्द्रको रुपमा बिकास गर्ने लक्ष्यछ ।

नगरपालिकाका सबै वडामा उद्यान, बाल उद्यान र पर्यटकीयस्थलको पहिचान र संरक्षण गर्ने बाणगंगा नगरपालिकाको नीतिलाई सहयोग पुग्ने गरि पार्क निर्माण गरिएको जनप्रतिनिधीको बुझाई छ । वडाले पार्कमा आकर्षक मण्डला निर्माणका लागि चालु आर्थिक बर्षमा ४ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

उद्यान पार्क निर्माणले आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *