खेलकूद

ला लिगामा रियल मड्रिडले विजयी शुरुवात

हिमालय टिभी
२०७८ साउन ३१ गते ८:०६
ला लिगामा रियल मड्रिडले विजयी शुरुवात

३१ साउन २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ ।

सिजनको पहिलो खेलमा रियलले अलाभेसलाई ४–१ ले हराएको हो । अवे मैदानमा रियलले ४८औं मिनेटमा करिम बेञ्जिमाको गोलबाट अग्रता लियो ।

५६औं मिनेटमा नाचोले रियलको अग्रता दोब्बर पारे । लगत्तै टोलीका लागि ६२औं मिनेटमा बेञ्जिमाले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

त्यसपछि ६५औं मिनेटमा जोशिलुले पेनाल्टीमार्फत गोल गरेपछि अलाभेस खेलमा फर्कने प्रयास गरेको थियो । तर इञ्जुरी समयमा भिनिकस जुनियरले गोल गरेपछि रियल समग्रमा ४१ ले विजयी भयो ।

ला लिगाकै अन्य खेलमा लेभान्टे र काडिज तथा मालोर्का र रियल बेटिसले एक(एक गोलको बराबरी खेल्दा स्पानुयल र ओसासुना गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्