खेलकूद

इंग्लिस प्रिमियर लीगमा चेल्सीको शानदार जित

हिमालय टिभी
२०७८ साउन ३१ गते ७:५८
इंग्लिस प्रिमियर लीगमा चेल्सीको शानदार जित

३१ साउन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी, लिभरपुल, म्यानचेष्टर युनाइटेड, ब्राइटन, एभर्टन, लेष्टर सिटी र वाटफोर्डले विजयी शुरुवात गरेका छन् ।

सिजनको पहिलो खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि ३–० गोलको शानदार जित निकाल्यो । घरेलु मैदानमा चेल्सीको जितमा मार्कोस अलन्सो, क्रिष्टियन पुलिसिक र ट्रेभोह चालोभले एक(एक गोल गरे ।

त्यस्तै अर्को खेलमा लिभरपुलले नर्विच सिटीलाई ३–० ले नै हरायो । अवे मैदानमा सम्पन्न खेलमा लिभरपुलका लागि डिएगो जोटा, रोबर्टो फिरमिनो र मोहमेद सलाहले गोल गरेका थिए ।

लिभरपुल नर्विचविरुद्ध पछिल्लो १५ खेलमा अपराजित छ । प्रिमियर लीग अन्तर्गत नै गएराति म्यानचेष्टर युनाइटेडले लिड्सलाई ५–१, ब्राइटनले बर्नलीलाई २–१, एभर्टनले साउथह्याम्टनलाई ३–१, लेष्टर सिटीले उल्भ्सलाई १–० र वाटफोर्डले एष्टन भिल्लालाई ३–२ ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्