आर्थिक

दाङमा साइनवोर्ड र होर्डिङ्ग बोर्डको कर, व्यापारीले गरे विरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३१ गते ७:००
दाङमा साइनवोर्ड र होर्डिङ्ग बोर्डको कर, व्यापारीले गरे विरोध (भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले व्यापारिक प्रयोजनका लागि आफ्नो पसलमा राखेका साइनवोर्ड र होडिङ बोर्डको कर उठाउन शुरु गरेको छ । तर, व्यापारी तथा उद्योग वाणिज्य संघले भने आफूहरुलाई जानकारी नदिइ कर अशुल्न थालेको भन्दै विरोध जनाएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले प्रचारका लागि राखिने होर्डिङ्ग बोर्डको कर उठाउन थालेको छ । तर व्यवसायीले भने व्यक्तिगत र पसल तथा व्यवसायको परिचय खुलाउने प्रयोजनको लागि लगाइएको बोर्डको पनि कर उठाउन थालेको भन्दै विरोध जनाएका छन् ।

दाङमा २ वटा उपमहानगरपालिका छन् । तर, घोराही उपमहानगरले भने स(साना होर्डिङ्ग बोर्डको कर उठाएको छैन् । उसले ठूला होर्डिङ बोर्डमा मात्र कर लिदै आएको छ ।

घोराही उपमहानगरपालिकाले कर नलिने तर त्यस्तो बोर्ड राख्दा तुलसीपुर उपमहानगरपालिकाले भने कर लिन लागेको भन्दै व्यवसायी असन्तुष्ट छन् ।

तुलसीपुर उपमहानगरपालिकाले भने प्रदेश सरकारको नीति अनुसार कर उठाउन शुरु गरेको बताएको छ । यहाँबाट संकलन भएको रकम मध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत उपमहानगरलाई आउँछ । तर, उपमहानगरले सबै बोर्डमा कर नलगाएको बताएको छ ।

तुलसीपुरमा कर उठाउने जिम्मा जेन्सन कन्ट्रक्सन एण्ड जेन्सन सप्लायर्सले पाएको छ । यो कम्पनीले २०७७ सालदेखि २०८० सालसम्म कर उठाउने ठेक्का पाएको छ । तुलसीपुरमा २ हजार भन्दा बढि व्यवसायी छन् । तर अहिले सम्म ४ जनाले मात्र कर बुझाएका छन् ।

आफ्नो व्यवसायको प्रचार प्रसार गरे वापत कर तिर्नु व्यवसायीको दायित्व हो । तर एउटै जिल्लाका दुई स्थानीय तहमा फरक फरक व्यवस्था हुँदा अन्योल सिर्जना भएको छ । करमा एकरुपता बनाउन स्थानीय सरकारले ध्यान दिनु आवस्यक छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *