कला/मनोरञ्जन

सकियो मिस टिन नेपालको अडिसन राउण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३० गते १९:०८
सकियो मिस टिन नेपालको अडिसन राउण्ड (भिडियो रिपोर्टसहित)

३० साउन २०७८ काठमाडौं । काठमाडौं जेसिजको आयोजनामा हुन गइरहेको ‍ मिस टिन नेपालको अडिसन राउण्ड सकिएको छ ।

काठमाडौ जेसिसले १७ औं संस्करणको पहिलो अडिसन गत शनिबार र दोस्रो अडिसन आज भएको हो ।

१६ देखि १९ वर्षसम्मका युवतीको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ शुरु गरिएको मिस टिन नेपाल २०२१ मा सय जना भन्दा बढिले अडिसन दिएका छन । अडिसनमा प्रतिभावान युवतीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

युवतीहरुको क्षमता बिस्तार गराउनुको साथै संस्कार, संस्कृति र पहिचानलाई बिश्वभर परिचित गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिकएको हो ।

अडिसनका सहभागीहरुले मिस टिन कार्यक्रमले व्यक्तित्व बिकासको लागि सहयोग पुग्ने बताएका छन् ।

अडिसन राउण्ड सकिएसँगै छनौट भएकाहरुलाई भदौ १३ गतेदेखि तालिम दिन सुरु गरिने छ । यस्तै भदौको ३० गते मिस टिनको फाइनल हुनेछ । मिस टिन नेपाल २०२१ को फाइनल हिमालय टेलिभिजनबाट प्रसारण हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *