आर्थिक

मौद्रिक नीतिमा साना किसानका लागि प्याकेज नआएकामा पूर्वगभर्नरहरुको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३० गते १८:५१
मौद्रिक नीतिमा साना किसानका लागि प्याकेज नआएकामा पूर्वगभर्नरहरुको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

३० साउन २०७८ काठमाडौं । पूर्वगभर्नरहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि जनाएका छन् ।

काठमाडौंमा आज भएको कार्यक्रममा पूर्व गभर्नर चिरञ्जीवी नेपालले कोरोना प्रभावित क्षेत्रलाई सुविधा दिने गरी मौद्रिक नीति आए पनि साना किसान र निम्न वर्गलाई छुट्टै राहत प्याकेजको व्यवस्था गर्न नसकेको बताउनुभयो ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिले कोभिड संकटलाई सम्बोधन गर्ने प्रयास गरेको भन्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पूर्वगभर्नर क्षेत्रीले कोभिड प्रभावित क्षेत्रमा लगानी गर्ने भनेर नीति सार्वजनिक हुने तर त्यसको प्रतिफल लक्षित समूहले नपाउने अवस्थाको अन्त्य गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *