खेलकूद
स्पेनिस ला लिगा फूटबलमा भ्यालेन्सियाको विजयी शुरुवात
२०७८ साउन ३० गते ८:२६
३० साउन २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा भ्यालेन्सियाले विजयी शुरुवात गरेको छ ।
ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा भ्यालेन्सियाले गेटाफेलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भ्यालेन्सियाका लागि कार्लोस सोलेरको गोल नै निर्णायक रह्यो ।
उनले ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
तेस्रो मिनेटमै हुगो गुइलामोनले रातो कार्ड पाएपछि भ्यालेन्सिया र ७६ औं मिनेटमा एरिक काबाकोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा गेटाफे १० खेलाडीमा सीमित भएका थिए ।
प्रतिक्रिया