खेलकूद
इंग्लिस प्रिमियर लीगमा ब्रेन्टफोर्डको विजयी शुरुवात
२०७८ साउन ३० गते ८:१९
३० साउन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा ब्रेन्टफोर्डले विजयी शुरुवात गरेको छ ।
प्रिमियर लीगको पहिलो खेलमा नव प्रवेशी क्लब ब्रेन्टफोर्डले आर्सनलमाथि २–० को जित निकालेको हो ।
घरेलु मैदानमा ब्रेन्टफोर्डले २२औं मिनेटमा सर्जी कानोसको गोलसँगै अग्रता बनाएको थियो ।
त्यसपछि ७३औं मिनेटमा क्रिष्टियन नोरगार्डले ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाएका थिए ।
प्रतिक्रिया