आर्थिक

मुख्य अन्तर्राष्ट्रिय रानी नाकामा आवतजावत खुला

हिमालय टिभी
२०७८ साउन २७ गते १७:५७
मुख्य अन्तर्राष्ट्रिय रानी नाकामा आवतजावत खुला

२७ साउन २०७८ विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका रानी नाकामा आजदेखि आवतजावत खुल्ला भएको छ।

सहायक नाकाबाट आवत जावतलाई कडाई गर्ने भन्दै स्थानीय प्रशासनले मुख्य नाका रानी खुल्ला गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले यो नाकाबाट आवतजावतमा रोक लगाउँदै आएका थियो । विषेश परिचय पत्रको आधारमा मात्र नाका भएर नेपाल प्रवेशको व्यवस्था गरिएको थियो ।

तर पछिल्लो दिन भारतसँग सीमा जोडिएको मोरङका सहायक नाकाबाट लुकी छिपी आउजाउको क्रम बढेसँगै मुख्य नाका खुला गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *