सडकको भारवहन क्षमताभन्दा दोब्बर भार बोकेका भारतीय ट्रकलाई नेपाली व्यासायीले रोके (भिडियो रिपोर्टसहित)
२७ साउन २०७८ काठमाडौं । सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका तीन दर्जन भारतीय ट्रकलाई नेपाली व्यवसायीले बेलहिया नाकामा रोकिदिएका छन् ।
भन्सार जाँचपास गरेर भैरहवातर्फ आउन थालेका भारतीय नम्बर प्लेटका मालबाहक ट्रकलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले बेलहियास्थित बाइपास सडकमा रोकेको हो ।
नेपालका सडकमा ३० टनभन्दा बढी भार बोक्न नपाइने कानुनी व्यवस्था भएपनि भारतीय ट्रकले त्यसको दोब्बरसम्म बोक्ने गरेका छन् । सरकारी निकायले बेवास्ता गरेपछि आफुहरु नै अघि सरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले बताउनुभयो ।
भारतीय ट्रकले उद्योगजन्य कच्चा पदार्थ, फलाम, मार्बल, टायल, फलफूल खाद्यान्न लगायतका सामान ल्याउने गरेका छन् । सामान बोकेका सवारी साधनले भन्सार विन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने कानूनी व्यवस्था छ ।
भार मिलान गर्दा मापदण्ड भन्दा बढी सामान निकाल्नुपर्ने हुन्छ । तर सरकारी निकायले त्यसमा कडाइ गर्न नसकेकाले नेपाली ट्रक ढुवानीको अवसरबाट वञ्चित भएको व्यवसायीको तर्क छ ।
प्रतिक्रिया