आर्थिक

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो, प्रतितोला ८८ हजार ८ रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७८ साउन २७ गते १३:३४
सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो, प्रतितोला ८८ हजार ८ रुपैयाँमा कारोवार

२७ साउन २०७८ काठमाडौं । पछिल्लो समय निरन्तर गिरावट आइरहेको सुनको मूल्य आज पनि तोलामा चार सय रुपैयाँले घटेको छ ।

केही दिनदेखि निरन्तर आरालो लागेको छापावाल सुनको प्रतितोला मूल्य ८८ हवार ८ सय रुपैयाँमा आइपुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो । आजका लागि महासंघले तेजावी सुनको भाउ ८८ हजार ३५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको प्रतितोला मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *