खेलकूद

चर्चित फूटबलर लियोनल मेस्सी पीएसजीमा आवद्ध

हिमालय टिभी
२०७८ साउन २७ गते ८:१२
चर्चित फूटबलर लियोनल मेस्सी पीएसजीमा आवद्ध

२७ साउन २०७८ काठमाडौं । विश्व फूटबलमा सुपर स्टार लियोनल मेस्सी यो सिजन पेरिस सेन्ट जर्मेन पीएसजीमा आवद्ध भएका छन् ।

दुई दशकसम्म बार्सिलोनाको जर्सीमा खेलेका मेस्सीले अब पीएसजीबाट खेल्ने भएका हुन् । ला लिगाको आर्थिक नियमका कारण बार्सिलोनामा नै सम्झौता गर्न तयार भएको अवस्थामा पनि छोड्नुपर्ने भएपछि मेस्सी पेरिस पुगेका हुन् ।

आफ्नो अमूल्य समय बार्सिलोनामा विताएर करियरमा जित्नुपर्ने सबै प्रतियोगिता सो क्लबको जर्सीमा जितेका मेस्सीको अबको गन्तब्य निकै नयाँ तर आफुले चिनेका साथीहरुसँग हुने भएको हो ।

अन्तिममा इमेज राइट्स र उनले पाउने तलव र बोनसको ब्रेक डाउनमा कुरा मिलेपछि मेस्सीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । मेस्सीको वार्षिक तलब ६३ मिलियन युरो हुनेछ ।

यसमा उनको तलब, इमेज राइट्स, बोनस रहेको छ । उनले एक साताको १० लाख पाउण्ड तलब पाउनेछन । उनी फ्रान्समा धेरै ट्याक्स तिर्ने खेलाडी बन्ने भएका छन् । उनले तलबको ४५ प्रतिशत ट्याक्स तिर्नेछन र साताको ५ लाख ५० हजार पाउण्ड तलब पाउनेछन् ।

मेस्सी पीएसजीमा पुग्दा हजारौं दर्शक उनको स्वागतमा जम्मा भएका थिए । उनी पेरिस पुग्ने बेला पीएसजीले आफ्नो आधिकारिक ट्विटरमा उनको एक टिजरपनि सार्वजनिक गरेको थियो ।

हाल क्लब फूटबलमा उत्कृष्ट खेलाडीको सूचीमा पर्ने नेयमार, एम्बाप्पेसँग अब मेस्सी पनि मिसिएपछि विश्वका सबैको ध्यान पीएसजीले तानेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्