खेलकूद

एन्फाभित्रको विवाद समाधानका लागि राखेपद्वारा छानबिन शुरु

हिमालय टिभी
२०७८ साउन २६ गते १९:१७
एन्फाभित्रको विवाद समाधानका लागि राखेपद्वारा छानबिन शुरु

२६ साउन २०७८ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा) भित्रको विवाद समाधानका लागि राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गतको छानबिन समितिले आजदेखि काम शुरु गरेको छ ।

राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वको छानबिन समितिले एन्फा विवादका विषयमा सोधपुछका लागि १४ जनालाई पत्र काटेकोमा आज चार जनासँग बयान लिएको छ ।

पहिलो दिन आज एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित पूर्व प्रवक्ता किरण राई, उपाध्यक्ष कृष्ण थापा र राखेप फुटबल चिफ कोच अरुणा गुरुङसँग सोधपुछ गरिएको हो ।

राखेप परिषरमा बयानपछि एन्फाका पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षकले अनुशासन उलंघन गरि वरिष्ठ उपाध्यक्षमाथि आरोप लगाएको बताए ।

तर एन्फा भित्रनै विवाद समाधानका लागि विभिन्न संयन्त्र हुँदा हुँदै तेस्रो पक्षमा जानु ठिक नभएको उनले बताए । छानबिन समितिले बाँकीको बयान भने भोली लिने छ ।

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले काममा असहज अवस्था बनाएको भन्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक संजाल मार्फत् राजिनामा दिन बताएका थिए । त्यस घटनाबाट सुरु भएको विवाद बढ्दै जाँदा एन्फा दुई समुहमा विभाजनको स्थितिमा आएको छ ।

तर वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीच पछिल्लो पटक भएको छलफल सकारात्मक भएको भनिएपनि छानविन समितिले आफ्नो काम जारी राख्ने बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्