खेलकूद

अर्जेन्टाइन स्टार लियोनल मेस्सी फ्रान्सेली क्लब पीएसजी जाने पक्का

हिमालय टिभी
२०७८ साउन २६ गते १६:५९
अर्जेन्टाइन स्टार लियोनल मेस्सी फ्रान्सेली क्लब पीएसजी जाने पक्का

२६ साउन २०७८ काठमाडौं । अर्जेन्टाइन स्टार लियोनल मेस्सी फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजी जाने पक्का भएको छ । मेस्सी र क्लबबीच दुई वर्षको सम्झौताका लागि सहमति भएको छ ।

मेस्सी सम्झौतामा हस्ताक्षर गर्न आजै पेरिस जाँदैछन् । अब उनको स्वास्थ्य परीक्षणपछि आधिकारिक रुपमा फ्रेन्च क्लबमा अनुबन्ध हुने बाटो खुल्नेछ ।

क्लबले मेस्सीलाई वर्षको २५ मिलियन पाउण्ड पारिश्रमिक र थप बोनस पनि दिने सहमति भएको बुझिएको छ । तर, यसको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

त्यसपछि उनले सुरुवाती दुई बर्ष र त्यसपछि एक बर्ष थप्न मिल्ने गरेर सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ ।

आज बेलुकी नै मेस्सीलाई क्लबले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको संचारमाध्यमले उल्लेख गरेका छन् । मेस्सी विश्वकै उत्कृष्ठ खेलाडी मानिन्छन् ।

१३ वर्षको उमेरदेखि बार्सिलोनामा खेलेका मेस्सीले ६ पटक विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डिओर जितेका छन् । क्लबका लागि उनले ३५ ट्रफी जिताएका थिए । बार्सिलोनामा रहँदा मेस्सीले सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका थिए ।

युरोपेली क्लबको आर्थिक अनुशासनको सिमितताका कारण बार्सिलोनाले आधा तलब दिएर पनि राख्न नसक्ने भएपछि मेस्सी स्पेनिस क्लब छोड्न बाध्य भएका थिए । पीएसजीमा मेस्सीले १९ नम्बरको जर्सी लगाउने संभावना छ ।

मेस्सीले यसअघि १० नम्वर जर्सी लगाउने गरेका थिए । मेस्सीको स्वागतका लागि पीएसजीको रंगशालामा हजारौं समर्थक भेला भइसकेका छन् । अहिले त्यहाँको सुरक्षा अवस्था समेत कडा बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्