आर्थिक

लेकाली आलु खेती सम्बर्द्धनका लागि पाँचथरका किसान सरकारसँग सहयोग माग्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २६ गते १४:४४
लेकाली आलु खेती सम्बर्द्धनका लागि पाँचथरका किसान सरकारसँग सहयोग माग्दै (भिडियो रिपोर्टसहित)

२६ साउन २०७८ काठमाडौं । पाँचथरको लेकाली क्षेत्रका किसानले परम्परागत तरिकाले आलु खेती गरिरहेका छन् । उनीहरुको उत्पादन जिल्लामा नै बिक्ने गरेको छ । माग अनुसार उनीहरुले उत्पादन गर्न सकेका छैनन् । त्यसैले किसानले लागत घटाउन र उत्पादन बढाउन सरकारसँग सहयोग मागेका छन् ।

पाँचथरको फिदिम नगरपालिका, मिक्लाजुङ, फालेलुङ, याङवरक गाँउपालिकामा बर्खेआलु बढिनै खेती हुने गरेको छ । कतिपय किसान अहिले आलु थन्काउँदै छन् त कतिपयले बेची पनि सकेका छन् ।

लेकाली क्षेत्रमा उत्पादन हुने बर्खे आलु स्वादिलो हुन्छ । पर्याप्त माग हुने तथा विउको रुपमा समेत प्रयोग हुने गर्छ । तर किसानहरु परम्परागत तरिकाले मात्रै खेती गरिरहेका छन । र उनीहरुले सरकारसँग आलु खेती प्रवर्धनका लागि सहयोग मागिरहेका छन ।

पाँचथरमा उत्पादन भएको आलुले यहीको माग पनि धान्न सक्दैन । मिक्लाजुङ गाउँपालिकाले धेरै आलु फलाउने किसालाई प्रोत्साहन पुरस्कार दिन थालेको छ भने न्यूनतम समर्थन मूल्यसमेत तोकेको छ ।

आलु खेती हुने भए पनि व्यावसायिक आलु खेती तथा आधुनिकरणमा भने किसानको ध्यान पुगेको छैन् । विउविजन, तालिम, अनुदान दिएर भए पनि उत्पादन लागत घटाउने तथा उत्पादन बढाउन सरकारसँग किसानको आग्रह छ ।

पाँचथरमा २ हजार ४ सय ७३ हेक्टरमा ३३ हजार ९ सय ६५ मेक्ट्रिटन आलु उत्पादन हुने तथ्याङ्क कृषि ज्ञान केन्द्रमा रहेको छ । प्रदेश १ मा भने ६६ हजार २ सय ८८ हेक्टरमा ९ लाख ८२ हजार ९ सय ५४ मेक्ट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

पाँचथरमा आलु उत्पादनको प्रशस्त सम्भावना छ । यसर्थ आधुनिक खेतीप्रणाली अपनाउनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *